तेह्र गाविसको जिम्मा एक सचिवलाई

२७ श्रावण २०७१, मंगलवार १६:२५ मा प्रकाशित

कालीकोट, २७ साउन । कालीकोट जिल्लाबाट एकैचोटि सचिवहरु बाहिरिँदा सेवाग्राहीलाई समस्या भएको छ ।
छाप्रे, चिल्खाया, धौलागोह, सुकाटिया, राँचुलीलगायतका ११ वटा गाविसका सचिवहरु सदरमुकाममा नरहेको बताइएको छ ।
तीस गाविस रहेको यस जिल्लामा पछिल्लो समयमा ११ जना सचिव एकै समयमा बाहिर जाँदा समस्या आएको हो । जिल्ला विकास समिति कालीकोटले मान्म र दाँहा गाविसको जिम्मा लिँदै आएका सचिवलाई एक पत्र लेखी अनिश्चितकालका लागि भन्दै थप ११ गाविसको जिम्मेवारी दिएको छ ।
मान्म गाविसका सचिव रामहरि अधिकारीलाई आज पठाइएको चलानी नं ११२ को स्थानीय विकास अधिकारी टीकाराम ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा सेवाग्राहीको काम नरोकिने गरी कामकाज गर्नु भनी निर्देशन दिइएको छ ।
निमित्तको जिम्मा लिएका सचिव अधिकारीले बिहान र बेलुका एक मिनेट फुर्सद नहुने गरी काम गर्नुपरेको गुनासो पोखे ।
एघार गाविसका सचिवमध्ये रकु गाविसका सचिव दुर्गबहादुर बुढा किरिया बिदामा छन् भने कमल घर्ती जुम्ला गएका छन् । बाँकी सबै सचिवहरु सम्बन्धित गाविसमा गएको बताइएको भए पनि को कहाँ छन् भन्ने जानकारी सेवाग्राहीलाई छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ