राष्ट्रिय सम्मानका साथ नायक श्रेष्ठको अन्त्येष्टि

२७ श्रावण २०७१, मंगलवार ०७:३२ मा प्रकाशित

Shree-krishna-shresthaकाठमाडौं, २७ साउन । उपचारका क्रममा भारतमा आइतबार निधन हुनुभएका नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

दाहसंस्कारअघि श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा सोमबार नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंह र सूचना तथा सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले राष्ट्रिय झन्डा ओढाएका थिए ।

हजारौँ शुभेच्छुकको भिडले भरिएको आर्यघाटमा श्रेष्ठको पार्थिव शरीरमा चलचित्र कलाकार सङ्घका तर्फबाट अध्यक्ष नवल खड्काले सङ्घको झन्डा ओढाएका थिए भने स्व.श्रेष्ठका जेठा दाजु रामकृष्णले दागबत्ती दिए ।

आर्यघाटमा विभिन्न राजनीतिक दलका नेता कलाकार, विभिन्न सङ्घसस्थाका प्रतिनिधि र सर्वसाधारण एवम् परिवारजनले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

यसअघि श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चारमन्त्री रिजाल, एकीकृत माओवादीका अध्यक्ष पुष्मकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरा, कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, एमालेका नेताहरू अमृतकुृमार बोहोरा, केशवप्रसाद बडाललगायत हजारौँ सर्वसाधारण प्रज्ञा भवन पुगेका थिए ।

प्रज्ञा भवनमा उपस्थित श्रेष्ठका हजारौँ शुभेच्छुक, कलाकार र सर्वसाधारणको भिड र शवयात्रामा ढिलाइ भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि २० मिनेट मात्र राखी पुनः शवयात्राका साथ दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

श्रेष्ठको शव इन्डियन एयरलायन्सबाट सोमबार अपराह्न २ बजेर ५५ मिनटमा काठमाडौं ल्याइएको थियो । श्रेष्ठको पार्थिव शरीरको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणपछि सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पुतलीसडक हुँदै प्रज्ञा भवनसम्म शवयात्रा गराइएको थियो । अभिनेता श्रेष्ठको नयाँदिल्लीस्थित गङ्गाराम अस्पतालमा बोन क्यान्सरको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको