ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन

२६ श्रावण २०७१, सोमबार १६:५८ मा प्रकाशित

काठमाडौं, २६ साउन । मुलुकको ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण मानिएको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन निर्माण द्रुतगतिमा अगाडि बढेको छ ।
दुवै मुलुकका सम्वद्ध निकायले नियमित अनुगमन र चासो देखाएका कारण आयोजना सोचेभन्दा तीव्र गतिमा अगाडि बढेको हो ।
हालसम्म सो प्रसारण लाइनअन्तर्गत नेपालतर्फ ४० वटा टावरको बेस निर्माण भइसकेको छ भने दशवटा टावरको भौतिक संरचना तयार भइसकेको छ । नेपाल र भारतबीच विद्युत् आयात–निर्यात गर्न महत्वपूर्ण मानिएको सो आयोजनालाई दुवै मुलुकले रणनीतिक महत्व दिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सो आयोजनालाई महत्वका साथ स्थान दिएको छ र तोकिएको समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि सो आयोजनालाई महत्वका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउँदै उहाँले आवश्यक संयन्त्र परिचालन गर्न निर्देशन दिनुभएको थियो ।
विभिन्न प्रक्रियागत एवम् प्राविधिक अवरोधमा परेको सो परियोजना गत असारदेखि निर्माण सुरु भएको थियो ।
आयोजना प्रमुख बद्रीनारायण साहका अनुसार आयोजनाका सबै बेस आगामी महिना पूरा गर्ने गरी काम अगाडि बढाइएको छ । भारततर्फ हालसम्म ११० टावरको बेस निर्माण सम्पन्न भएको छ भने ४५ वटा टावरको पूर्ण भौतिक संरचना पूरा भएको उनले जानकारी दिए ।
प्रसारण लाइन प्रभावित महोत्तरी जिल्लाका १० गाविसका १५९ जना जग्गाधनीलाई न्यूनतम् तीन धुरदेखि अधिकतम् १७ धुरसम्मको जग्गाको मुआब्जा वितरण पनि सुरु गरिएको छ भने, यही साउन २१ गते धनुषा जिल्लाका जग्गाधनीलाई मुआब्जा वितरणका लागि सार्वजनिक आह्वान भइसकेको छ ।
आयोजनाको ठेकेदार कम्पनी टाटा प्रोजेक्टसँग सन् २०१३ डिसेम्बर १९ मा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख साहका अनुसार नेपाल खण्डको कुल ४१ किलोमिटरमध्ये चेक सर्भे, टावर राख्ने स्थानको निक्र्योल भई युद्धस्तरमा निर्माण अगाडि बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार