पशुपतिमा बिहानैदेखि भीड

२६ श्रावण २०७१, सोमबार १६:५४ मा प्रकाशित

काठमाडौं, २६ साउन । साउनको अन्तिम सोमबार आज पशुपतिमा बिहानैदेखि व्रतालु महिला र पुरुषको भीड लागेको छ ।
महिनामा साउन र बारमा सोमबार भगवान् शिवजीको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना र दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
पशुपतिमा दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । विगत हप्ताजस्तै आज पनि तीनतिरबाट भक्तजनको लाम बनाइको छ ।
पशुपतिको पूर्वोत्तरतिरको लाम गौरीघाटसम्म पुगेको छ भने दक्षिण पश्चिमतिरको लाम वनकाली धर्मशालासम्म पुगेको छ ।
आज सोमबारको व्रत बसेका महिलाको सङ्ख्या बढी देखिन्छ । पुरुषको सङ्ख्या पनि उल्लेखनीय नै रहेको छ ।
पशुपतिको पश्चिमतिरको मूलद्वार बन्द गरिदिँदा भने पूजाआजा एवम् दर्शनका लागि समस्या परेको बिहानैदेखि लाम बसेका जोरपाटीका रामशरण अर्यालले बताए । पश्चिम मूलद्वारको बन्दले गर्दा लाममै घुमिरहनुपर्ने बाध्यता रहेको गुनासोसमेत उनले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद