दयनीय अवस्थाको पशुपति बृद्धाश्रमको आमुल सुधार गरिने

१२ जेष्ठ २०६९, शुक्रबार १६:३३ मा प्रकाशित

काठमाडौ, १२ जेठ । सरकारले लामो समयदेखि दयनीय अवस्थामा रहँदै आएको पशुपति बृद्धाश्रमको अवस्थामा सरकारले आमुल सुधार गर्ने भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले शुक्रवार बृद्धाश्रमको अवलोकन गरेपछि त्यसको तत्काल आमुल सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले तत्कालै कर्मचारी र पशुपति विकास कोषका अधिकारीहरुलाई सुधारको काम थाल्न निर्देशन पनि दिए । त्यसकोलागी मन्त्रालयले बजेट अनुमोदन गरिसकेको जानकारी दिदै एक साता भित्र बृद्धाश्रमको आमुल सुधारको योजना र बृद्धाश्रमको दुरावस्था हुनुको कारण सहितको प्रतिवेदन ल्याउन पशुपति विकास कोषका सदस्य सचि सुशिल नाहाटा सहित बृद्धाश्रमका अधिकारीहरुलाई निर्देशन पनि मन्त्री न्यौपानेले दिएका छन् ।
मन्त्री न्यौपानले आईतवारनै पशुपति विकास कोषका पदाधिकारीलाई मन्त्रालयमा आएर तात्कालिक आवश्यकताको विषयमा जानकारी गराउन पनि निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा मन्त्री न्यौपानले विगतमा प्रधानमन्त्रीले बृद्धाश्रमको अवस्था सुधार गर्न निर्देशन दिए पनि सुधार हुन नसकेको भन्दै आफूले जेठ महिनाभित्रमै प्रतिबद्धता अनुसारको सुधार गर्ने बताए ।
उनले तत्काल आश्रममा बस्ने बृद्धबृद्धाकालागी झुल, तन्ना र कोठाको अवस्थामा सुधार्न समेत निर्देशन दिएका छन् ।
मन्त्री न्यौपानले बृद्धबृद्धाको हेरचाहरमा कुनै कमि आउन नदिन कर्मचारीलाई निर्देशन दिदै आवश्यक सम्पुर्ण स्रोतको ब्यवस्था सरकारले गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आश्रमको बसाई, रहन सहन र अवस्थामा तत्काल देखिने गरी सुधार ल्याउने समेत स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा