कोइरालाको स्वास्थ्य ठीक छः निजी सचिवालय

२६ श्रावण २०७१, सोमबार १३:५८ मा प्रकाशित

काठमाडौं, २६ साउन । प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएका समाचार आउन थालेपछि सचिवालयले ती समाचारहरूमा सत्यता नभएको बताएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले कोइरालाको नियमित चेकजाँचका क्रममा समस्या नदेखिएको बताए । ‘उहाँ (प्रधानमन्त्री)ले अमेरिकामा उपचार गरी फर्केपछि पनि नियमित चेकजाँच गराइरहनु भएको छ,’ प्रेस संयोजक अधिकारीले भने, ‘आज विहान पनि चिकित्सकहरूले चेकजाँच गर्नुभएको थियो । स्वास्थ्य अवस्था सामान्य छ । त्यस्तो कुनै समस्या देखिएको छैन भन्नुभएको छ ।’

कोइरालाको फोक्सोमा कालो दाग देखिएपछि अमेरिकामा उपचार गरी केही साताअघि मात्रै नेपाल फर्केका हुन् । अमेरिकाबाट फर्केपछि उनका निजी चिकित्सक डा.करवीरनाथ योगीको टोलीले नियमित चेकजाँच गर्दै आएको छ ।

प्रधानमन्त्रीका पारिवारिक सहयोगी मृदुला कोइरालाले पनि कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् । उनले भनिन्, ‘म केहीबेर अघिसम्म उहाँसँगसँगै थिए । स्वास्थ्य अवस्था नर्मल नै छ । कुनै समस्या छैन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो