आरोहण सहयोगीको बिमा १५ लाख पुग्यो

२६ श्रावण २०७१, सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौं, २६ साउन । सरकारले मुलुकका विभिन्न हिमाल आरोहणमा जाने आरोहीका सहयोगीको जीवन बिमा रकम १० लाखबाट बढाएर १५ लाख पुर्याआउने निर्णय गरेको छ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय हालै भएको निर्णयअनुसार विभिन्न हिमाल जाने सरदार र पर्वतीय पथप्रदर्शकका लागि बिमा रकम १५ लाख पुर्यााइने छ। त्यस्तै उचाइमा जाने कामदारका लागि पनि १५ लाख नै पुर्या्इने छ। उनीहरूको औषधी उपचार बिमा ३ लाखबाट ४ लाख बनाइने छ।

‘आरोहण सहयोगीका लागि वृद्धि गरिएको जीवन बिमा रकम आगामी असोज १६ बाट कार्यान्वयनमा आउने छ,’ मन्त्रालयको पर्यटन उद्योग महाशाखा प्रमुख तथा सहसचिव मधुसूदन बुर्लाकोटीले आइतबार भने, ‘जोखिम बढी हुने उच्च हिमाली भेगमा काम गर्नेको जीवन सुरक्षा थप बलियो बनाउन बिमा रकम वृद्धि गर्ने निर्णय भएको हो।’

उनका अनुसार सर्वोच्च शिखर सगरमाथासहित आरोहणका लागि खुला गरिएका ४ सय १४ हिमालमा काम गर्न जानेको जीवनमा बिमा र औषधी उपचार बिमा रकम वृद्धि गरिएको हो। विभिन्न हिमाल आरोहणमा जाने आरोहीले ती कामदारको जीवन बिमा र औषधी उपचार बिमा गर्नुपर्छ।

गत वैशाख ५ मा सगरमाथाको पहिलो क्याम्प नजिक ५ हजार ९ सय मिटर उचाइमा गएको हिमपहिरोमा परेर आरोहण सहयोगी तथा पर्वतीय पथप्रदर्शक गरी १३ जनाको मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएको समाचार आजको नागरिक दैनिकले छापेको छ । त्यसपछि सगरमाथा आधारशिविरमा रहेका विभिन्न दलका आरोहण सहयोगी, सरदार, पथप्रदर्शकलगायतले बैठक गरी सरकारसँग विभिन्न माग राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।