बैंकमा पैसा फलाफाल

२६ श्रावण २०७१, सोमबार ०५:५९ मा प्रकाशित

काठमाडौं, २६ साउन । बैंक वित्तिय संस्थामा लगानी गर्न सक्ने रकम यत्तिकै थन्किएपछि उनीहरुसंगै सर्वसाधारण पनि मर्कामा पर्न थालेका छन् ।

एक बर्षदेखि बैंकमा अत्यधिक रकम जम्मा भइरहेको तर सोहि अनुसार लगानी नहुदा अर्थतन्त्रमै नया खाले जोखिम देखिने खतरा बढेको हो । ट्रेजरी विल्स र अन्तर बैंक ब्याजदर बर्षदिन यता एक प्रतिशत भन्दा कम हुनु अत्यधिक लगानी योग्य रकम (तरलता) भएको संकेत हो ।

बैंक वित्तिय संस्थामा बढि रकम भएपछि उनीहरु ट्रेजरी विल्समा लगानी बढाउन खोज्छन । लिलाम बढाबढमा खरिद गर्नुपर्ने विल्समा बढि लगानीकर्ता भएपछि स्वभाविक रुपमा ब्याज कम हुदै जान्छ ।

बैंकहरुसंग बढि रकम भएपछि उनीहरु सर्वसाधारणबाट पनि रकम लिन चाहदैनन । जसले गर्दा बचतको ब्याजदर पनि कम भएर सर्वसाधारणलाई मर्का पर्न थालेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

०७० असार २५ देखि १ प्रतिशत भन्दा कम भएको व्याजदर पछिल्लो एक महिना देखि ० कै हाराहारीमा अडएको छ । अल्पकालिन व्याजदरको औसत अवस्था देखाउने ९१ दिने ट्रेजरी बिल्सको प्रतिफल यस्तो देखिएको हो । बैंकबाट विकास निर्माणका लागि आवस्यक आन्तरिक ऋण उठाउन र बजारको बढी तरलता लगानी योग्य पुजी खिच्न सरकारले राष्ट्र बैंक मार्फत जारी गर्ने उपकरण ट्रेजरी बिल्स हो ।

तर पछिल्लो एक वर्ष देखि बैंक वित्तिय संस्थाले निक्षेप अनुसार लगानी बढाउन नसक्दा र सरकारले पनि तोकेजति आन्तरिक ऋण नउठाउदा रकम थन्किने क्रम बढेको हो ।

रेमिट्यान्सले निरन्तर रकम थपिइरहेको छ । सरकार सँगै उद्योगी व्यवसायीले पनि आवस्यक मात्रामा रकम खर्च गर्न नसक्दा बैंकमा कर्जाको ठुलो माग आउन सकेको छैन । गत बर्ष सरकारको पुजीगत खर्च ७५ प्रतिशत मात्रै भएको छ । सरकारले खर्च नगर्दा निजी क्षेत्रको पनि क्षमता घटछ ।

पछिल्लो कारोबार अनुसार साउन २० गते ९१ दिने ट्रेजरी बिल्सको व्याज ० दशमलव ००४ प्रतिशत कायम थियो । राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल्स विक्रीका लागि आवेदन खोल्दा १३ अर्ब भन्दा बढीको आवेदन परेको थियो । न्यूनतम ० दशमलव ००४० देखि ० दशमलव ००४८ सम्म पाउने गरि आवेदन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक