राष्ट्रसंघका महासचिवद्धारा बाँकी समयमा संविधान जारी गर्न दलहरुलाई आब्हान

१२ जेष्ठ २०६९, शुक्रबार १२:२८ मा प्रकाशित

काठमाडौ, १२ जेठ ।  संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले बाँकी रहेको अवधिमा संविधान निर्माणका लागि सक्दो प्रयास गर्न प्रमुख दलका नेतालाई अपिल गरेका छन् ।
उनले एक विज्ञप्ति निकालेर नेपालको संविधान निर्माणप्रति गहिरो चासो व्यक्त गर्दै त्यस्तो अपलि गरेका हुन ।
महासचिव मुनले संविधानसभाको भविष्यबारे गम्भीर चासो व्यक्त गर्दै संविधान जारी नगरी संविधानसभा विघट्न हुने सम्भावना तर्फ गहिरो चिन्ता ब्यक्त गरेका छन् । वानले संविधान निर्माणको ऐतिहासिक अवसरलाई सदुपयोग गरी नयाँ संविधान मार्फत लामो समयदेखिको नेपाली जनताको चाहना पूरा गर्न तर्फ लाग्न दलहरुलाई आग्रह गरेका छन् । दलहरुबीच संविधान निर्माणका लागि ठोस सहमति जुट्न नसकिरहेको बेला राष्ट्रसंघले संविधान निर्माण र संविधानसभाको म्याद बारे चासो राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।