म्याग्दीमा फेरि खस्यो बगरफाँटमा पहिरो

२५ श्रावण २०७१, आईतवार १२:५२ मा प्रकाशित

बेनी, २५ साउन । बेनी नगरपालिका वडा नं ४ बगरफाँटमाथिको भीरबाट तीन दिनअघिदेखि रोकिएको पहिरो शनिबार रातिदेखि पुनः खस्न थालेपछि बगरफाँटका बासिन्दा त्रसित बनेका छन् ।

भकिम्ली गाविस वडा नं ९ तोराखेतको झाँक्रीस्थानबाट खसेको पहिरोले बगरफाँटको पूरै गाउँ नै जोखिममा परेको छ भने बगरफाँट सामुदायिक वन र सिँचाइ कुलोलाई ठूलो क्षति पुराएको छ ।

गत आइतबारदेखि लगातार बुधबारसम्म खसेको पहिरो बिहीबार र शुक्रबार थामिएपछि केही राहतको महसुस गरेका बगरफाँटवासी शनिबार रातिदेखि पुनः खस्न थालेपछि त्रसित बनेका स्थानीय टीकाबहादुर कार्कीले बताए ।

पहिरोका कारण दूधेखोला–बगरफाँटको सिँचाइ कुलो पुरिएको पनि कार्कीले बताए । बगरफाँट सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर घिमिरेले पहिरोका कारण सामुदायिक वनमा ठूलो क्षति पुगेको बताए ।

शनिबार बेलुकीपख परेको सिमसिमे पानीका कारण पहिरो चलेको स्थानीयवासीले बताएका छन् । तीन दिनसम्म चर्को घाम लागेको र त्यसपछि पानी परेका कारण चर्केको जमिनको भाग खसेको तोराखेतका दुर्गाबहादुर सापकोटाले जानकारी दिए ।

सापकोटाले दिएको जानकारीअनुसार तोराखेतको झाँक्रीस्थानदेखि माथि र भकुण्डे–ताराखेत–भकिम्ली मोटरबाटोदेखि तलको करिब ३०० हेक्टर जमिन चर्केर धाँजाधाँजा भएको छ । त्यो चर्केको जमिनको भाग एकैचोटि खस्ने हो भने बगरफाँट मात्रै होइन सदरमुकाम बेनी बजार पनि खतरामा पर्ने सापकोटाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा