आमाबाबुसँग रकम असुल्न अपहरणको नाटक

२५ श्रावण २०७१, आईतवार १२:१० मा प्रकाशित

Apharan Nepalविराटनगर, २५ साउन । आफ्नै आमाबाबुसँग रकम असुल्नका लागि अपहरणको नाटक गर्ने एक छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर जिल्लाको गाईघाट–२ बस्ने २२ वर्षीय सुरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर बजार घुम्न आएका उनले विराटनगर–१८ बस्ने प्रकाशमार्फत आफ्ना आमाबाबुलाई फोन गर्न लगाई ७० हजार फिरौती रकम नदिएमा ज्यान मार्ने धम्की दिन लगाएका थिए ।

यस सम्बन्धमा प्रहरीले खोजतलास गर्दा विराटनगर–१४ बाट शनिबार दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका