माओवादी पार्टी फुटको संघारमा, बैद्यपक्ष पार्टी फुटाउन तयार

१२ जेष्ठ २०६९, शुक्रबार १२:१० मा प्रकाशित

काठमाडौ, १२ जेठ । लामो समयदेखि पार्टीभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूह पार्टी फुटाउनेअन्तिम तयारीमा रहेको छ ।
सैद्धान्तिक रुपमा पार्टी फुटिसकेको तर ब्यवहारिक रुपमा मात्रै फुटन बाँकी रहेको सार्वजनिक अभिब्यक्ति दिदै आएको बैद्य समूहले पार्टीको संसदीय दल फुटाउन तयारी गरेको स्रोतले जनाएको छ ।
संविधानसभा नियमावली अनुसार ४० प्रतिसत सभासद लिएर अर्को पार्टी खोल्न पाईने छ । बैद्य पक्षमा अहिले ९६ जना सभासदहरु रहेका छन । जसको हस्ताक्षर समेत बैद्य पक्षले तयार पारिसकेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज जातीयताको आधारमा संघीयता निर्माण गर्ने पार्टीको ऐजेण्डा संबोधन नगरे , त्यस विषयमा पार्टीको स्पष्ट अडान नल्याए औपचारिक रुपमै पार्टी विभाजन गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका