नेपाल इबोलाको उच्च जोखिममा

२५ श्रावण २०७१, आईतवार ०८:३५ मा प्रकाशित

काठमाडौं, २५ साउन । पश्‍चिम अफ्रिकामा महामारीको रूप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ। तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन।

विश्‍व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा। रवि काफ्लेले कामका लागि अवैध रूपमा अफ्रिकी र आसपासका देश पुगेका नेपाली र त्यस क्षेत्रबाट आउने पर्यटकले इबोला भाइरस भित्र्याउने सम्भावना उच्च रहेको बताए।

इबोलाले पश्‍चिम अफ्रिकाका गिनी, नाइजेरिया, लाइबेरिया, सियरा लियोनलगायतका मुलुकमा एक हजार सात सयजनाको ज्यान लिइसकेको छ। इबोला नियन्त्रणमा आउन नसकेपछि विश्‍व स्वास्थ्य संगठनले संकटग्रस्त क्षेत्र घोषणा गरी निगरानी गरिरहेको छ।

इबोला संक्रमण भएको १४ देखि १५ दिनपछि मात्र संक्रमित मानिसले बढी असहज महसुस गर्ने र त्यो अवधिमा सम्पर्कमा आएका अन्य व्यक्ति लाई पनि सर्ने सम्भावना उच्च रहने काफ्लेले बताए। इबोला रोकथामका लागि अहिलेसम्म खोप विकास गर्न सकिएको छैन भने उपचारमा पनि चिकित्सक असफल भइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

विदेश आवतजावत गर्ने नेपालका कुनै पनि नाकामा हेल्थ डेस्क नभएका कारण पनि इबोला भित्रिन सक्ने सम्भावना प्रबल रहेको विज्ञको भनाइ छ।

युरोपेली र एसियाली मुलुकमा समेत इबोलाका शंकास्पद बिरामी भेटिन थालेका छन्। ‘अमेरिका, बेलायत, मोरोक्‍को, भारतलगायतका मुलुकमा समेत इबोलाको संक्रमण भएको आशंकामा बिरामीको उपचार सुरु गरिएको छ’, काफ्लेले भने, ‘सोही कारण नेपाल पनि यसको जोखिममा रहेको भन्‍न सकिन्छ।’

उनले इबोला संक्रमित रगत, दिसापिसाब, थुक या संक्रमित मानिसका अरू तरल पदार्थ, अंग वा मृतशरीर व्यवस्थित नगरिएमा अरूमा सर्नसक्ने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य