हिन्दु राष्ट्रको माग गर्र्दै सर्लाहीमा ४ साधु आमरण अनशनमा जारी

१२ जेष्ठ २०६९, शुक्रबार १२:०१ मा प्रकाशित

सर्लाही, १२ जेठ । सर्लाहीको लालबन्दीमा ३ दिन अघि आमरण अनशन सुरु गरेका ४ जना साधुले आज पनि अनशन जारी राखेका छन् । नेपाललाई वैदिक सनातन हिन्दुराष्ट्र घोषण गरिनुपर्नेे माग गर्दै उनीहरुले ३ दिन अघिदेखि आमरण अनशन सुरु गरेका हुन । अनशनमा सक्रौलका राम दिनेश दास, वत्रौलका राम मनोहर दास, कमल दुलार शरण र नयाँरोड धरहरास्थित राम मन्दीरका गोपल दाश वैरागी बसेका छन् । अनशनकारीहरुले आफ्नो माग प्रति सरकार उदासिन भएको भन्दै आज पूर्व पश्चिम राजमार्ग अवरोधसमेत गरेका छन् । साधुहरुले राजमार्ग अन्र्तगत लालबन्दीमा केही क्षण राजमार्ग बन्द गराएको प्रहरी चौकी लालबन्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक आएर मागका बारेमा बुझेर समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले अबरोध हटाएका थिए । साधुहरुलाई हेर्न लालबन्दीमा दिनभरी नै मानिसहरुको भीड लाग्ने गरेकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको