विवादित विषय रुपान्तरिक संसदलाई दिने गरी सहति जुटाउने प्रयासमा प्रमुख दल

१२ जेष्ठ २०६९, शुक्रबार ११:५६ मा प्रकाशित

काठमाडौ, १२ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलका शिर्ष नेताहरु सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्दै बाँकी विवादित विषय रुपान्तरित संसदबाट टुङग्याउँदै जानेमा सहमति नजिक पुगेका छन् ।
बैठकपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले विवादित विषयलाई रुपान्तरित संसदमा छलफल गरी सहमति गर्दै लैजाने गरी संविधान जारी गर्ने सहमति भएको जानकारी दिए ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले भने सो विषय सहमति बनिनसकेको भन्दै पहिचान सहितको संघीयता बनाउने सहमति भए बाँकी विवादित विषयलाई रुपान्तरित संसदमा लैजाने गरी सकारात्मक छलफल भएको जानकारी दिए ।
मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले संघीयता विनाको संविधान जारी हुनै नसक्ने भन्दै संघीयता नभएको संविधान आफूहरुलाई मान्य नहुने त्यसकोलागी संविधानसभा विघठन भए पनि आफुहरुले नछाड्नेबताए ।
आजै विवादित विषयमा सहमति खोज्ने प्रयास स्वरुप विहान माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र मधेसी मोर्चासँग अलग अलग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा