जातीय पहिचान सहितको संघीयता र संविधासभा नरहे सडक आन्दोलन गर्ने माओवादीको चेतावनी

१२ जेष्ठ २०६९, शुक्रबार ११:५३ मा प्रकाशित

काठमाडौ, १२ जेठ । एकीकृत नेकपा माओवादीले पहिचान सहितको संघीयता सहितको संविधान जारी हुने अवस्था नभए सडक संघर्षमा जाने निर्णय गरेको छ ।
पार्टीको स्थायी समितिको आज बसेको बैठकले पहिचान सहितको संघीयताप्रति अडान ब्यक्तगर्दै संघीयता विनाको संविधान जारी हुने भए वा संविधान जारी नभई संविधानसभा विघठन हुने अवस्था आए विभिन्न पक्षसँग सहकार्य गरी आन्दोलन गर्ने निर्णय गरेको हो ।
त्यसकोलागी माओवादीले मधेसी मोर्चा, बृहद मधेसी मोर्चा, जनजाती आदीबासीसँग मिलेर संघर्ष गर्ने छ । उसले आन्दोनल शान्तिपूर्ण हुने स्पष्ट पारेको छ ।
आजको बैठकले सर्वोच्च अदालतले संविधानसभाको म्यादको सम्बन्धमा गरेको फैसलालाई राजनीतिक पूर्वाग्रहीको संज्ञा दिदै त्यसलाई नस्विकार्ने पनि स्पष्ट पारेको छ । उसले सर्वोच्चको फैसलालाई संविधानसभालाई बेअर्थको बनाउँदै संविधान बन्न नदिने षडयन्त्रको संज्ञा समेत दिएको छ ।
पार्टीको अडान १४ प्रदेश भए पनि १० प्रदेशमा पार्टी लचक हुन सक्ने भन्दै जातीयतालाई भने पार्टीले नछाड्ने निर्णय पनि बैठकले गरेको छ । त्यसमा सहमत भए संघको नामाकरणमा भने माओवादीले लचक हुन तयार रहेको स्पष्ट पारेको छ । स्रोतका अनुसार माओवादी जातीय पहिचानलाई कायम राख्दै त्यसमा अन्य पहिचानलाई समेत जोडन तयार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।