प्रमुख तीन दल र मोर्चाको संयुक्त बैठक सुरु

१२ जेष्ठ २०६९, शुक्रबार ०९:१९ मा प्रकाशित

प्रमुख तीन र मधेसी मोर्चाका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बैठक बसिरहेको हो ।  माओवादी र मोर्चाको बैठक सकिए लगतै नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरु पनि बैठकमा प्रवेश गरेका हुन् । बैठकमा संविधानसभाको म्याद, सर्वोच्चको फैसला र अवको निकासको बारेमा कुराकानी भइरहेको बुझिएको छ । माओवादी र मोर्चाको बैठकमा पनि आफूहरुको अडान, अपनाउन सकिने लचकताको बारेमा बिहान कुराकानी भएको थियो । संविधानसभाको म्याद थप्न नमिल्ने आसयसहितको फैसला सर्वोच्च अदालतले हिजो गरेपछि दलहरुबीच अहिलेसम्म सहमति भएका बिषयलाई समेटेर संविधानको एकीकृत मस्यौदा सार्वजनिक गर्ने बारेमा छलफल सुरु भएको छ ।
संविधानसभाको म्याद थप गर्ने सरकारको प्रस्तावविरुद्व परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले हिजो संविधानसभाको म्याद नथप्न फैसला सुनाएपछि दलहरुलाई सहमतिको लागि नैतिक दवाव परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई