सहमति भएका विषयलाई आज अन्तिम रुप दिइने

१२ जेष्ठ २०६९, शुक्रबार ०९:१७ मा प्रकाशित

काठमाडौ, १२ जेठ । भावी संविधानका विवादित विषयमा भएका सहमतिहरुलाई दलहरुले आज अन्तिम रुप दिने भएका छन् । सर्वोच्च अदालतको फैसलापछि दवावमा परेका राजनीतिक दलहरुले भएका सहमतिको बारेमा एकसरो छलफल गरेर अन्तिम रुप दिन लागेका हुन् । विवादित विषयमा भएका सहमतिको बारेमा छलफल गर्न विवाद समाधान उपसमितिको बैठक आज बस्दैछ । प्रमुख चार दलको बैठकपछि सिंहदरवारमा सुरु हुने उपसमितिको बैठकमा दलहरुबीच भएको सहमतिका बुँदालाई अन्तिम रुप दिने बारेमा कुराकानी हुने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गएको २ गते दलहरुबीच राज्यपुनर्संरचना लगायतका विषयमा सहमति भएको भनिए पनि बृहत तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २ गतेको सहमतिमा विरोध जनाउँदै आएका छन् । उपसमिति सदस्य कर्णका अनुसार आज विवादित विषयलाई अन्तिम रुप दिइएको अवस्थामा संबैधानिक समितिको बैठक पनि बस्नेछ । अन्तिम रुप दिइएका सहमतिका बुँदा उपसमितिले संबैधानिक समितिमा बुझाएको खण्डमा आज संविधानसभाको बैठक बस्ने सम्भावना बढेको छ । संविधानसभाको बैठक दिउँसो ३ बजेको लागि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।