साउदीमा मृत्यु भएको १० महिनामा पनि शव आएन

१२ जेष्ठ २०६९, शुक्रबार ०९:१५ मा प्रकाशित

काठमाडौ, १२ जेठ । रोजगारीका लागि साउदी अरब पुगेको दुईसातामा नै मृत्यु भएकी सिन्धुपाल्चोकको सानोसिरुवारी गाविस –४ का २४ वर्षकी उमा थापा मगरको शव अझै स्वदेश आउन सकेको छैनन् । २०६८ भदौ पहिलो साता साउदी अरबको मक्का–अल–मुक्कामा रोजगारीका लागि जानुभएको मगरको दुई सातापछि ८ सेप्टेम्बरमा मृत्यु भएको थियो । मृत्युको खबर समयमा नै पाउन नसक्नु र झन्झटिलो भएका कारण करिब १० महिना बित्तिसक्दापनि शव आउन सकेको छैन परिवारले जनाएको छ । साउदी दुतबासले पराराष्ट्रमन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय मार्फत परिवारजनलाई जानकारी गराएको थियो । मृतकको शव स्वदेश ल्याउन प्रक्रिया सुरु गरिरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न