सचिवस्तरीय समितिलाई सक्रिय बनाइने

२४ श्रावण २०७१, शनिबार १६:४९ मा प्रकाशित

काठमाडौं, २४ साउन । नेपाल र चीनबीच प्रभावकारी संयन्त्रका रूपमा रहेको सचिवस्तरीय समितिलाई सक्रिय गराई दुई मुलुकबीचको व्यापारिक समस्या समाधान गर्ने सहमति भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा रामशरण महत र चीनका वाणिज्यमन्त्री गाओ होचेङबीच बेइजिङमा भएको छलफलपछि उक्त सहमति भएको हो ।
समितिको बैठक बिनाकारण विगत सात वर्षदेखि बस्न सकेको थिएन । अर्थमन्त्री डा महतले सचिवस्तरीय बैठक निरन्तर आयोजना गरी दुई देशबीचको व्यापार सहजीकरण गर्न अनुरोध गरेपछि चीनका वाणिज्यमन्त्री होचेङले समितिको बैठकलाई नियमित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अर्थमन्त्री डा महतले चीनको लगानीमा वा नेपालसँगको संयुक्त लगानीमा नेपालमा बैंक स्थापना गर्न सकेमा दुई मुलुकबीचको व्यापारलाई सहजीकरण गर्न ठोस सहयोग पुग्ने भएकाले यसतर्फ पनि विचार गर्न चिनियाँ वाणिज्यमन्त्रीसमक्ष आग्रह गरे ।
चीनसँगको व्यापारघाटा चुनौतीपूर्ण रूपमा रहेको उल्लेख गर्दै उहाँले नेपाली वस्तुको सहुलियतपूर्ण र सहजतापूर्ण पहुँचका लागि पनि चीनका वाणिज्यमन्त्रीसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको