तोकिएको समयमा संविधान बन्छः नेम्बाङ

२४ श्रावण २०७१, शनिबार १६:३१ मा प्रकाशित

झापा, २४ साउन । संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङले तोकिएको समयमा संविधान बन्ने निश्चित भएको बताए ।
झापाको धुलाबारीमा आज आयोजित कार्यक्रममा नेम्बाङले पहिलो संविधानसभाले गरेका सबै कामको स्वामित्व ग्रहण गरिसकेको र बाँकी विषयमा पनि छलफल भइरहेकाले माघ ८ गते नेपाली जनताले नयाँ संविधान पाउने दाबी गरे ।
“महाधिवेशन सकियो, भ्रमण सकियो, अब कुनै बहाना दलसँग बाँकी छैन,” उनले संविधानमा ध्यान केन्द्रित गर्न सभासद्हरुलाई आग्रह गर्दै भने, “जिल्ला जाने र विदेश जाने काम सभासद्हरुले बन्द गर्नुपर्छ ।”
अध्यक्ष नेम्बाङले धुलाबारी उमाविलाई शान्ति मन्त्रालयको स्रोतबाट सहयोग दिलाउने आश्वासन दिएको प्रधानाध्यापक रुद्र कुरुम्बाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र