एसएलसी अनुतीर्णका लागि जेटिए कक्षा सञ्चालन

२४ श्रावण २०७१, शनिबार १०:४२ मा प्रकाशित

म्याग्दी, २४ साउन । म्याग्दीको बिममा रहेको किसानी प्राविधिक शिक्षालयमा प्रवेशिका परीक्षा अनुतीर्ण युवायुवतीका लागि कृषि जेटिए विषयमा २९ महिने तालिम सुरु भएको छ ।

सीपमूलक, प्राविधिक शिक्षामार्फत रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहयोगमा एसएलसी अनुतीर्णलाई लक्षित गरी सहुलियतमा यस वर्षदेखि तालिम सञ्चालन गरिएको हो ।

परिषद्ले एसएलसी परीक्षा उत्तीर्ण नभएका ४० जनालाई २९ महिने कृषि जेटिए विषयको अध्ययनका लागि कोटा उपलब्ध गराएपछि भर्ना गरेर कक्षा सुरु गरेको शिक्षालयका प्रमुख बेगप्रसाद गर्बुजाले जानकारी दिए ।

बीममा विसं २०६८ देखि कृषि जेटिए विषयको कक्षा सञ्चालन हँदै आएको छ । हाल ३७ जना विद्यार्थी कृषि जेटिए विषयको १५ महिने कोर्ष अध्ययन गरिरहेका छन् ।

एसएलसी अनुतीर्ण युवायुवतीका लागि छुट्टै कक्षा सञ्चालन गरिने भएकाले रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षालयका प्रमुख गर्बुजाले बताए । किसानी प्राविधिक शिक्षालय धौलागिरिकै एकमात्र कृषि जेटिए विषय अध्यापन गरिने स्थल हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने