पुल नहुँदा तीन जिल्लावासीलाई सास्ती

२४ श्रावण २०७१, शनिबार १५:३० मा प्रकाशित

जाजरकोट, २४ साउन । वर्षायामको सुरुवातसँगै छिन्चु–जाजरकोट सडकअन्तर्गत खलङ्गा सल्लीबजार खण्डमा यात्रुलाई सास्ती बढ्दै गएको छ । यस खण्डको भेरी नदी र दर्जन खोलामा पुल नबन्दा आवतजावतमा समस्या भएको छ ।

छिन्चु जाजरकोट सडक बनेको सात वर्ष बितिसकेको छ । तीन महिनाअघि यो सडकखण्डमा कालोपत्रे भइसकेको छ तर भेरी र अन्य विभिन्न खोलामा पुल बन्न नसक्दा वर्षात्मा यात्रुले सास्ती खेपिरहेका छन् ।

यातायात नियमित र सहज हुन नसक्दा दुःख पाएको यात्रुको गुनासो रहेको छ । निर्माण सुरु भएको १० वर्ष बिते पनि सल्लीबजार–राकम जोड्ने पुल निर्माण हुन सकेको छैन । यही कारण यात्रुलाई आधा घन्टा पैदल हिँडेर झोलुङ्गे पुल पार गर्नुपर्ने र अन्य खोलामा पनि जोखिम मोलेर पार गर्नुपर्ने बाध्यता छ ।

भारी वर्षात् भएको दिनमा त रातभर खोला किनारमा बस्नुपर्ने अवस्था छ पुन्माका मानबहादुर पुनले बताए । पुल निर्माण गर्नेतर्फ सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटवासीले कष्टकर यात्रा गर्नुपरेको गुनासो पुनको छ ।

सडक कालोपत्रे गरे पनि विभिन्न नदी तथा खोलामा पुल बनाउनेतर्फ कसैले वास्ता गरेका छैनन् । सडकमा पर्ने सुर्खेतको सल्लीबजार–राकमस्थित भेरी, काली, गोजी र जगई खोला, सल्यानको वनगाउँ खोला, जाजरकोट भूभागको किम, कावली, बुरुङे, खोदा, खर, पासागाड खोलालगायतमा पुल अभावले आवतजावत गर्न सकिन्न ।

भेरीमा पुल नबन्दा वर्षमा तीन महिना थोत्रो फेरीबाट सवारी वारपार हुने गरेका छन् । अन्य खोलामा वर्षात् हुँदा यातायात वारपार गर्न नसकी अलपत्र पर्ने गर्छन् ।

जेठ अन्तिम सातादेखि भेरी नदीको फेरी सञ्चालन बन्द भएपछि र वर्षात् बढेपछि साउन पहिलो सातादेखि अन्य खोलामा वारपार गर्न सास्ती भएको हो । राकममा पुल निर्माण नहुँदा जाजरकोट, रुकुम, सल्यान जिल्लाका नागरिकलाई समस्या परेको छ ।

यसले जिल्लाको अन्य विकास निर्माणमा पनि प्रभाव पारेको स्थानीय विकास अधिकरी कृष्णप्रसाद पाण्डेले बताए । सडकमा ६ महिनाभन्दा बढी यातायात सञ्चालन हुन सक्दैन त्यस्तै पुलकै कारण दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ ।

वर्षा भेलले खोला वारपार छन् । ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । यात्रुहरु जताततै अलपत्र छन् । कति खोलाको त स्थानीय युवाले रकम उठाएर वारपार गराउँछन् ।

कतिमा खोला तराउने व्यक्तिसमेत पाउन गाहे छ । बिहान बाटो लाग्दा सुचारु सडक बेलुकी अवरुद्ध हुन्छ । खोला बढेर गाडी र यात्रुबीचैमा अलपत्र पर्नु सामान्यजस्तै भएको छ । घर छोडेका यात्रु गन्तव्यमा पुग्ने ठेगाना नै छैन तर के गर्ने रु

अर्को विकल्प छैन स्थानीय लोकबहादुर खत्रीले भन्नुभयो, कतै पहिरो पन्छाउ, कतै ६ घन्टासम्म एकै ठाउँमा कुर्नुपर्छ ।

कालोपत्रे तथा ओटासिल गर्ने कम्पनी र सम्बन्धित पक्षले सडकको मर्मत सम्भारमा समेत बेवास्ता गर्दा जीर्ण हुँदै गएको सिंहको भनाइ छ । कालोपत्रे भएको तीन महिना बित्न नपाउँदै सडकको नाली, ग्याबिन, पर्खाल भत्कदै गएको र उप्कन पनि थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य