लुम्बिनी अञ्चलमा एम्बुलेन्स सेवा बन्द, सेवाग्राहीलाई सास्ती

१२ जेष्ठ २०६९, शुक्रबार ०९:०७ मा प्रकाशित

बुटवल, १२ जेठ । असुरक्षाको कारण देखाउदै लुम्बिनी अञ्चलमा एम्बुलेन्स सेवा बन्द गरिएको  छ । विभिन्न समूहरुले गरेको बन्दमा अनावश्यकरुपमा धरपकट, कुटपिट र तोडफोड हुन थालेपछि सुरक्षाको माग गर्दै प्रशासनमै एम्बुलेन्स थन्काएर चालकहरुले सेवा बन्द गरेका  हुन् । लुम्बिनी अञ्चलका ६ वटै जिल्ला प्रशासनमा एम्बुलेन्स थन्काएर एम्बुलेन्स संचालक र चालकहरु आन्दोलीत भएका छन् । एम्बुलेन्स सेवा बन्द भएपछि सर्वसाधरणले भने सास्ती पाएका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाचीमा एम्बुलेन्स सेवा बन्द भएपछि विरामीहरु अलपलत्रमा परेको गुनासो आएको छ । लुम्बिनी अञ्चलमा १ सय १३ वटा एम्बुलेन्स संचालनमा छन् । ठाउ ठाउमा बन्दकर्ताहरुले एम्बुलेन्समाथि तोडफोड र चालकलाई कुटपिट गर्दा पनि प्रशाशनले सुरक्षा नदिएपछि एम्बुलेन्स सेवा बन्द गरिएको एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष भुमिराज पराजुलीले बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले भने अत्याआवश्किय सेवा बन्द गर्न नहुने तर्क गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१