चितवन बारको अध्यक्षमा सापकोटा निर्वाचित

२४ श्रावण २०७१, शनिबार १०:११ मा प्रकाशित

चितवन, २४ साउन । चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील कानुन व्यवसायी समूह (पिएलए) बाट नेतृत्व गरेका चुडामणि सापकोटा निर्वाचित भएको छ ।

शुक्रबार राति सम्पन्न मतगणनाअनुसार प्रजातान्त्रिक कानुन व्यवसायी समूह (डिएलए)बाट नेतृत्व गरेका उम्मेदवार नीलकण्ठ अधिकारीलाई ११ मतले पछि पार्दै सापकोटा विजयी भएका हुन् ।

प्रगतिशील कानुन व्यवसायी समूहले अधिकांश पद जितेको बार एसोसिएसन चितवनका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठले बताए । यस्तै उपाध्यक्षमा प्रगतिशील समूहकै भोलानाथ नेपाल र सचिवमा नुनराज सिलवाल विजयी भएका छन् ।

कोषाध्यक्षमा भने प्रजातान्त्रिक कानुन व्यवसायी समूहका उम्मेद्वार लक्ष्मीप्रसाद पाठक विजयी भए ।

सदस्य र पार्षद्मा पिएलएकै बर्चस्व भएको छ । सदस्यमा पिएलएका विकास गुरुङ, सूर्य बोहरा, शिवराम महत्तो, महेशचन्द्र न्यौपाने, विष्णु बास्तोला तथा डिएलएकी राधा उपाध्याय र श्रीराम दवाडी विजयी भएका छन् ।

यस्तै अधिवेशनले नौ जना केन्द्रीय पार्षद्समेत निर्वाचित गरेको अध्यक्ष सापकोटाले बताए । उनले विजयीपछि संक्षिप्त प्रतिक्रिया दिँदै कानुन व्यवसायीको हकहितमा क्रियाशील हुने बता ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च