आजदेखि लोडसेडिङ एक घण्टा घट्यो

१२ जेष्ठ २०६९, शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौ, १२ जेठ । आजदेखि बिद्युत प्राधिकरणले लोडसेडिङ एक घण्टा घटाएको छ । नदीमा पानीको बहाव बढेर विद्युत उत्पादनमा सुधार आएकाले प्राधिकरणले लोडसेडिङ दैनिक ८ घण्टामा सीमित गर्न लागेको जनाएको छ । अव सातामा ५६ घण्टामात्र लोडसेडिङ हुनेछ । हिजोसम्म दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएकोमा अझै ३५ लाख युनिट विजुली आपूर्ति कम भएका कारण दैनिक ८ घण्टा कायम नै रहने प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक १ करोड ५२ लाख युनिट विद्युतको माग रहेको छ । औद्योगिक क्षेत्रमा पनि दैनिक १ घण्टा घटाएर लोडसेडिङको समय ११ घण्टा बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर