इञ्जिनियरविरुद्ध अदालतमा मुद्दा दायर

२३ श्रावण २०७१, शुक्रबार १७:०१ मा प्रकाशित

काठमाडौं, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सहरी विकास भवन निर्माण विभाग विशेष भौतिक तथा पूर्वाधार क्षेत्र आयोजनाका प्रमुख र इन्जिनियरविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
काठमाडौं महाँकाल क्षेत्रको जगन्नाथ तथा लोकेश्वर मन्दिर परिसर निर्माण तथा सुधार कार्यको अन्तिम भुक्तानीको सिलसिलामा आयोजना प्रमुख कोमानन्द अधिकारी र सोही कार्यालयका इन्जिनियर दीपा श्रेष्ठले घुस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।
उनीहरुले सेवाग्राहीबाट ४० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले थलोमा नै पक्राउ परेका थिए ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम हदैसम्मको कारबाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, आयोगले मोरङ सुनपकुवा उच्च माविका शिक्षक हिक्मत थापाले सेवा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
थापाले सेवा प्रवेश गर्दा पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटनाबाट सन् १९९२ मा आइएस्सी पास गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अनुसार हदैसम्मको दण्ड सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति