‘चरी’ मुठभेडमा मारिएको जवाफ एमालेलाई मन परेन

२३ श्रावण २०७१, शुक्रबार १६:२० मा प्रकाशित

Chari-Uml-bigकाठमाडौं, २३ साउन । गृहमन्त्री बामदेव गौतमले विभिन्न अपराधमा संलग्न दिनेश अधिकारी ‘चरी’ प्रहरी मुठभेडमा मृत्यु भएको बताएका छन् ।
व्यवस्थापिका संसदमा आज अधिकारीका विषयमा जानकारी दिँदै गौतमले उनको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिएका हुन् ।
‘धादिङ भीमढुङ्गा–६ नर्सरी सामुदायिक वन छेउ सडकमा प्रहरीसँगको मुठभेडमा परी मृत्यु भएका दिनेश अधिकारी विभिन्न अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन्,’ गौतमले भने ।
उनले गृह मन्त्रालयले यस घटनाका बारेमा छानबिन गरिरहेको पनि बताए ।
गृहमन्त्री गौतमले दिएको जवाफ चित्त नबुझेपछि एमालेका सांसद राजेन्द्र पाण्डेले अपात्ति जनाएका थिए । उनले अधिकारीलाई प्रहरीले पक्राउ गरी हत्या गरेको दाबी गरे ।
यस अघि बिहीबार अधिकारीको विषयमा एमालेका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेपछि सभामुख सुवासचन्द्र नेम्बाङले रुलिङ गर्दै सरकारलाई अधिकारीको मृत्युका विषयमा जानकारी दिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले