महोत्तरीको सोनमा गाउँ तनावग्रस्त

२३ श्रावण २०७१, शुक्रबार २०:०० मा प्रकाशित

गौशाला, २३ साउन । कान्तवा सिँचाइ आयोजनाबाट खेतीका लागि पानी पाउनुपर्ने मागमा विवाद भई प्रहरीसँग झडप भएपछि महोत्तरीको सोनमा गाउँ तनावग्रस्त बनेको छ ।
सोनमा–८ मा रहेको सो सिँचाइ आयोजनाबाट परको खेस्राहा, खैरबन्नी र रघुनाथपुरका किसानले पानी पाएको र सोनमावासीले नै पानी उपभोग गर्न नपाउने भएपछि सोही पानीका लागि आयोजनामा बाँध बाँधेका सोनमावासी प्रहरीसँग झडप उत्रेको हो ।
कान्तवा सिँचाइ आयोजनाबाट सिँचाइ गर्न वञ्चित भएपछि सोनमाका किसानले सिँचाइको कुलो तीन ठाउँमा पुरी खेस्राहा, खैरबन्नी र रघुनाथपुरमा जाने पानी बन्द गरेका थिए ।
बुधबार राति जिल्ला प्रशासन कार्यालयको आदेशबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको प्रहरी टोलीले सो पुरिएको कुलो खुलाउन खोज्दा प्रहरी र किसानबीच झडप भएको थियो ।
करिब एक घण्टासम्म चलेको सो झडपमा परी ६ सुरक्षाकर्मीसहित तीन दर्जनभन्दा बढी किसान घाइते भएका थिए । घाइतेको उपचार स्थानीय स्वास्थ्यचौकीमा भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर र १४ राउन्ड अश्रुग्यास प्रहार गरेका थिए । घटनामा संलग्न सोनमा– ७ का वसन्तकुमार यादव, ६ का वीरेन्द्रकुमार यादव र २ का रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११