अछाममा भीरबाट खसेर प्रहरीको मृत्यु

२३ श्रावण २०७१, शुक्रबार १६:३० मा प्रकाशित

अछाम, २३ साउन । कालिका गाविसमा बिहीबार एक प्रहरी जवानको भीरबाट खसेर ज्यान गएको छ ।
बाजुरा जिल्लामा नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान अछामको कालिका गाविस–६ घर भएका २९ वर्षीय नरेन्द्र साउद भीरबाट चिप्लिएर खस्दा मृत्यु भएको हो ।
घरबाट छातासैन भन्ने ठाउँमा जाँदै गर्दा वडा नम्बर–६ को तवाकावाडी भन्ने ठाउँमा उनी भीरबाट चिप्लिएर करिब ५०० मिटर तल खसेको थिए ।
उनको घटनास्थलमै ज्यान गएको स्थानीय तपेन्द्र साउदले जानकारी दिए । साउद घर बिदामा आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य