एमालेद्वारॉचरी’को समर्थकनमा धादिङवेसी बन्द

२३ श्रावण २०७१, शुक्रबार १२:३३ मा प्रकाशित

Dhading-Beshi-Bigकाठमाडौं, २३ साउन । दोहोरो भिडन्तमा मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’का आफन्त र एमालेका कार्यकर्ताले दोषी प्रहरीलाई कारबाहीको माग गरेर धादिङ सदरमुकाम बन्द गराएका छन् ।
बन्दकर्ताले ‘चरी’को हत्या नियोजित भन्दै बिरोध स्वरुप आज सदरमुकाम बन्द गराएका हुन् । एमाले धादिङ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको अगुवाइमा सदरमुकाम धादिङवेसी र यातायात बन्द गराइएको हो ।
विहानैदेखि एमाले कार्यकर्ताले बजार तथा यातायातका साधन बन्द गराएका हुन् । ‘चरी’ एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्ष हुन् । बन्दका कारण धादिङ्वेसी हुँदै काठमाडौं र अन्य क्षेत्रमा चल्ने यातायात ठप्प छ । यातायात बन्द हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका छन् ।
‘चरी’ बुधबार काठमाडौंको भीमढुंगामा प्रहरीको दोहोरो भिडन्तमा मारिएका थिए । ‘चरी’को मृत्युलाई आफन्त र एमालेका कार्यकर्ताले नियोजित रुपमा हत्या गरिएको दाबी गर्दै आएका छन् ।
एमाले धादिङ क्षेत्र नम्बर १ का सचिव नेत्र नेपालले ‘चरी’को गैर न्यायिक हत्या भएको भन्दै सर्वदलीय संसदीय छानविन समिति बनाउन माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह