अपराध जालो तोड्न ‘प्रहरी कठोर’

२३ श्रावण २०७१, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं, २३ साउन । प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसएसपी पुष्कर कार्कीले साउन ५ गते पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, ‘काठमाडौंमा हतियार बोकेका व्यक्तिहरू बढिरहेका छन्। मेरा अफिसर्ससँग पनि हतियार हुन्छ, होसियार रहनू।’

गृहमन्त्री वामदेव गौतमले पनि बुधबार पोखरामा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै कुनै पनि राजनीतिक दलका नेता वा शक्तिपक्षसँग नडराई निर्धक्क जिम्मेवारी पूरा गर्नु सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका थिए।

यी दुवै भनाइ आफैंमा नौला थिएनन्। तर, एसएसपी कार्कीको चेतावनीको १६ दिनपछि र गृहमन्त्री गौतमको निर्देशन आएकै दिन काठमाडौं प्रहरीको हतियार चल्यो। हत्या प्रयासको अभियोगमा सात महिनादेखि फरार दिनेश अधिकारी चरी भीमढुंगामा प्रहरीको गोली लागेर मारिए। बुधबार दिउँसो ललितपुर प्रहरीले अर्का ‘कुख्यात गुन्डा’ अभिषेक गिरीलाई पक्राउ गरेर सार्वजनिक गर्योि।

उनी अपहरणको अभियोगमा सहयोगीसहित पक्राउ परेका थिए। दुईमध्ये गिरी कांग्रेस र चरी एमाले निकट थिए।

के उपत्यकाको संगठित अपराध नियन्त्रणमा प्रहरीले आफ्नो नरम नीति बदलेकै होर

व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने, अपहरण, फिरौती संकलन र अवैध हतियार खरिदबिक्रीमा सक्रिय समूहको सूची बनाएर खोजीमा खटिने सादा पोसाकका प्रहरीको संख्या बाक्लिएको छ उपत्यकामा। संगठित अपराध नियन्त्रणका लागि प्रहरीले योजनासहित कठोर रणनीति कार्यान्वयनमा ल्याएको सम्बद्ध अधिकारी बताउँछन्।

एसएसपी कार्कीले उपत्यकामा जबर्जस्ती रकम असुलीका घटना बढेपछि सादा पोसाकका प्रहरीको संख्यासँगै असुली नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएको बताएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

‘अपराध नियन्त्रण क्रममा कसैले प्रहरीमाथि गोली चलाउँछ भने प्रहरीले पनि प्रतिकार गर्छ,’ उनले बिहीबार नागरिकसँग भने, ‘हत्या प्रयासकै अभियोगमा फरार सुजन पौडेल रमेश बाहुनको पक्राउसँगै आपराधिक गतिविधिमा सक्रिय समूहको समीकरण बदलिएको छ, त्यही सूचनाका आधारमा प्रहरी संगठन सचेत भएको छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च