जेनेलियाले २७ वर्ष पुरा गरिन्

२३ श्रावण २०७१, शुक्रबार ०६:१९ मा प्रकाशित

Genelia-D-Souzaमुम्बई । बलिउड अभिनेत्री जेनेलिया डिसुजा २७ वर्ष पुरा गरेकी छन् । मंगबारबाट उनी २८ वर्षमा लागेकी हुन् ।
पाँच अगष्ट १९८७ मा भारतको मुम्बई सहरमा जन्मिएकी जेनेलियाले कलायात्रा १५ वर्षको कलिलै उमेरबाट सुरू गरेकी हुन् । उनले सुरूवाती दिनमा मोडलिङ गरेकी थिइन् ।
पहिलो पटक उनी अमिताभ बच्चनका साथ ‘पारकर पेन’को बिज्ञापनमा देखिएकी थिइन् । त्यसपछि जेनेलियाले चार दर्जन बढी बिज्ञापनमा अभिनय गरी सकेकी छन् ।
सन् २००३ मा प्रदर्शित चलचित्र ‘तुझे मेरी कसम’बाट बलिउड चलचित्र अभिनयमा जेनेलियाले डेब्यू गरेकी हुन् । रितेश देशमुखसंगको लामो मित्रतालाई उनले २०१२ मा विवाहमा परिणत गरेकी थिइन् ।
दशवर्ष बिताएकी जेनेलियाले अहिलेसम्म हिन्दी चलचित्रका अलवा तेलगु, कन्नड, तमिल, मलयालमलगायतका चलचित्रमा अभिनय गरेकी छन् ।
‘कुच हे मस्ती’, ‘जाने तु या जाने ना’, ‘लाइफ पार्टनर’, ‘डान्स पे डान्स’, ‘तेरेनाल लव हो गया’, ‘फोर्स’लगायतमा उनले अभिनय गरेकी छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो

बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी

मुम्बई । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड