पास भयो ओझाको ‘लज्जा’

२३ श्रावण २०७१, शुक्रबार ०६:१६ मा प्रकाशित

Lazzaकाठमाडौं । निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले मंगलबार ‘लज्जा’को कुनै पनि दृश्य र सम्बादमा कैची नचलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो ।
आगामी कात्तिक ७ गतेदेखि चलचित्र प्रदर्शनमा आउने भएको छ । लज्जा सेन्सरमा आफूले अपेक्षा गरे भन्दाबढी प्रसंशा पाएको निर्माता ओझाले बताए ।
नवल नेपालद्वारा निर्देशित ‘लज्जा’बाट शिल्पा पोखरेलले डेब्यू गर्दैछिन् । दर्जनौ म्युजिक भिडियोको अभिनयपछि शिल्पाले चलचित्रमा पाइला बढाएकी हुन् ।
नारीको कथावस्तु ‘लज्जा’ले उठाएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा आर्यन सिग्देलले पनि रोचक भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा आर्यन र शिल्पाका अलवा निराजन लुइँटेल, मिथिला शर्मा, किरण केसी, कमलमणि नेपालको पनि अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै