सदस्यता वितरण पारदर्शी बनाउन माग

२२ श्रावण २०७१, बिहीबार १७:१८ मा प्रकाशित

काठमाडौं, २२ साउन । नेपाल ओलम्पिक कमिटीले आफूहरुलाई सदस्यता नदिएको भन्दै विभिन्न एघार खेल सङ्घले सामूहिक रुपमा सदस्यता वितरण पारदर्शी बनाउन माग गरेका छन् । एघार सङ्घमा नेपाल रग्वी सङ्घ, नेपाल ¥याफ्टिङ एन्ड कन्योइङ सङ्घ, मोड्रन पेनट्राइथलन एसोसिएसन, नेपाल आइस हक्की सङ्घ, नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन, नेपाल नेटबल सङ्घ र नेपाल कर्फ बल सङ्घ, छन् । यस्तै, नेपाल पर्वतारोहण तथा रक क्लाइम्बिङ सङ्घ, नेपाल कर्लिङ सङ्घ, नेपाल उडबल सङ्घ तथा नेपाल बेसबल तथा सफ्टबल सङ्घले संयुक्त रुपमा आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सदस्यताको माग गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा लामो समयदेखि दर्ता भएर खेलकुदका गतिविधि गर्दै आएको र ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीसमक्ष सदस्यताका लागि लामो समयदेखि नै माग गरिएको भएपनि सदस्यता नदिएपछि सामूहिक रुपमा माग अगाडि बढाएको सङ्घहरुले जनाएका छन् । राखेपका पूर्व उपाध्यक्ष तथा मोर्डन पेनट्राइथलन एसोसिएसनका अध्यक्ष पिताम्बर तिम्सिनाले सङ्घहरु व्यक्तिगत रुपमा जाँदा सदस्यता नदिएपछि सामूहिक रुपमा अगाडि बढ्न लागेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा

मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले