बालबालिकामा अनौठो रोगको लक्षण

२२ श्रावण २०७१, बिहीबार २०:३० मा प्रकाशित

Udayapur Districtउदयपुर, २२ साउन । उदयपुरको दुर्गम गाउँ बबन्नाको वडा नं ७ का आठदेखि १२ वर्षसम्मका बालबालिकामा अनौठो रोगको लक्षण देखापरेको छ ।
जीउ सुन्निने, ज्वरो आउने, पिसाबमा समस्या हुनेजस्ता लक्षणबाट गाउँका ११ वर्षीय विष्णु राई, १० वर्षीय गजेन राई, १० वर्षीय प्रतीक राई, नौ वर्षीय सुरज राई, ११ वर्षीय लालबहादुर राई, १२ वर्षीया सुनिता राई, नौ वर्षीया अम्बिका राईलगायत एक दर्जन प्रभावित छन् ।
सबै बालबालिकामा एकै किसिमको रोगको लक्षण देखिएका कारण गाउँमा सन्त्रास फैलिएको छ ।
जिल्ला अस्पतालका एकीकृत बाल स्वास्थ्य प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार यस्तो प्रकारको रोग ‘नेफ्रोटिक सिड्रोम’ हुन सक्छ ।
यो रोगले मिर्गौलामा प्रत्यक्ष असर पार्दछ । सिटामोल, एसप्रिनजस्ता औषधिको बढी सेवनले पनि यो रोग हुन सक्दछ ।
डा. सूर्यकान्त चौधरीको नेतृत्वको टोली रोगग्रस्त क्षेत्रमा पठाइएको जिल्ला अस्पतालले बताएको छ ।
यो गाउँ बबला सदरमुकामदेखि ४५ किमि पूर्वमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका