मेची–कोसी बन्दको प्रभाव

२२ श्रावण २०७१, बिहीबार १६:१२ मा प्रकाशित

इटहरी, २२ साउन । लिम्बूवान प्रदेश माग गर्दै आएका समूह,  खोला क्षेत्रमा काम गर्दै आएका मजदुर र बस व्यवसायीसमेतले आह्वान गरेको बन्दका कारण आज पूर्वी नेपालको मेची र कोसीमा यातायात सुनसान बन्न पुगेको छ ।
लिम्बूवानीहरुले साउन २२ लाई कालो दिनका रुपमा लिँदै सप्तकोसी अरुण पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको हो ।
अर्कोतर्फ सरकारले साउन १ देखि खोलाजन्य वस्तु उत्खनन र निकासी गर्न रोक लगाएपछि खोला क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि आज मेची–कोसी बन्दको आह्वान गरेका छन् । सरकारले आफ्नो जीवनयापन गर्ने खोला नै बन्द गराएर मजदुरमारा निर्णय गरेको भन्दै मजदुरहरुले बन्दा आह्वान गरेका हुन् ।
त्यसैगरी मेचीमा भर्खरै स्थापना भएको उज्यालो बस व्यवसायी सङ्घ र मेची यातायात व्यवसायी सङ्घबीच उत्पन्न तनावका कारण बस व्यवसायीहरुले समेत आज मेची–कोसी बन्द आह्वान गरेका छन् । मेची बस व्यवसायी सङ्घले नयाँ बस व्यवसायी सङ्घ दर्ताको स्वीकृति दिएकामा विरोध जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा