‘गाईजात्रा महोत्सव’मा हँस्यकलाकारहरूको विशेष प्रस्तुति

२१ श्रावण २०७१, बुधबार १८:११ मा प्रकाशित

काठमाडौं । हाँस्य कलाकारको पर्व नै मानिने गाईजात्राका लागि अहिले हँसाउने तयारीमा कलाकारहरू लागेका छन् ।
हाँस्य कलाकारको एउटा समूह नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा ‘गाईजात्रा महोत्सव– २०७१ ’ मार्फत हँसाउदै छन् । ओरियन्टल इभेन्टस् प्रा(लि)को आयोजनामा आयोजना हुने गाईजात्रा महोत्सवमा कलाकारले २३ साउनदेखि ७ भदौसम्म १६ दिन दर्शकलाई निरन्तर हँसाउने छन् ।
हरेक वर्षजस्तै कलाकारहरूले आ–आफ्ना प्रस्तुति राख्ने छन् । गाईजात्रामा सर्वाधिक रुचाइएका हाँस्यकवि शैलेन्द्र सिंखडाका व्याङग्य कविता सुन्न पाइने छ ।
गाईजात्रामा क्यारीकेचरबाट कहलिएका मनोज गजुरेलले उद्घोषण तथा प्रहसन पस्केर दर्शक हँसाने छन् । उनलाई हँसाउने प्रहसनमा कमल गाउँलेको पनि साथ रहने छ ।
त्यसो त अहिलेकी चल्तिकी गायिका इन्दिरा जोशीको प्यारोडी गीत यो ‘गाइजात्रा महोत्सव’मा विशेष आकर्षण बन्ने छ । इन्दिरका अलावा लोक दोहोरी म्युजिक भिडियोकी लोकप्रिय नृत्यङ्ंगना पार्वती राईले पनि प्यारोडी नृत्य मार्फत दर्शक तताउने छिन् ।
महोत्सवमा सुरेन्द्र केसी, शिवशंकर रिजाल, अन्जु महर्जन, राजु भजु, रमेश अधिकारी, घनश्याम गौतम, विष्णु सापकोटा, रोशनी सापकोटा, आशा खड्का, डिठ्ठा साप’का किशोर भण्डारी, रेश्मा तिमल्सिना, राजु कमेडीलगायतको प्रहसन रहने छ ।
उनीहरूको प्रहसनले समाजका विकृति विसंगती, राजनीति माथि व्यङग्य गर्ने छन् ।
सिस्नुपानी नेपालका तर्फबाट लक्ष्मण गाम्नागे, अर्जुन पराजुलीलगायतले समेत प्रहसन गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै