झाडापखालाबाट एकको मृत्यु

२१ श्रावण २०७१, बुधबार १७:३३ मा प्रकाशित

भीमदत्तनगर, २१ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा घर भएका ४० वर्षीय गोपाल नेपालीको झाडापखालाबाट मृत्यु भएको छ ।
मङ्गलबार राति १२ बजे उपचारका लागि महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मङ्गलबार बिहानदेखि पखाला चल्न सुरु भए पनि उपचारै नगरी घरमै राखिएका नेपालीलाई राति १२ बजेमात्रै उपचारका लागि अस्पताल पुराइएको थियो ।
यसअघि कञ्चनपुरकै निम्बुखेडाकै एक महिलाको समेत पखाला चलेको २४ घण्टा नबित्दै अस्पतालमै उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र