दाङमा घरेलु हिंसालाई समुदायस्तरमा मेलमिलाप गराइने

२१ श्रावण २०७१, बुधबार १७:२० मा प्रकाशित

दाङ, २१ साउन । महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसालाई समुदायस्तरमा रहेर मेलमिलाप गराई पीडितलाई न्याय दिलाउने उद्देश्यले गठन भएको सेवा केन्द्र घोराहीमा एक वर्षको अवधिमा १२७ वटा घटना दर्ता भएको छ ।
ती घटनामध्ये ५७ वटा घटना केन्द्रले नै मिलाउन सफल भएको छ भने आठवटा घटना कानुनी उपचारका लागि अदालती प्रक्रियामा गएको छ ।
त्यस्तै ११ वटा एकद्वार सङ्कट व्यवस्थापनमा उपचारका लागि पठाइएको र अन्य केही प्रहरीमा पठाएको र केही सेवा केन्द्रमा नै विचाराधीन अवस्थामा रहेको सेवा केन्द्रका हुमा डिसीले बताइन् ।
समाजमा महिलामाथि हुने हिंसा बाहिर ल्याउन र ती महिलालाई न्यायमा पहुँच पु¥याउन सेवा केन्द्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको महिला विकास दाङका प्रमुख वीणा श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘सेवा केन्द्रको स्थापनाले हिंसामा परेका महिला तथा बालबालिकालाई आफ्नो समस्या सहजरुपमा भन्नसक्ने वातावरण भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।