आफ्नै संघीयताको प्रस्तावबाट प्रचण्ड र मोर्चा ब्याक

११ जेष्ठ २०६९, बिहीबार १७:३९ मा प्रकाशित

काठमाडौ, ११ जेठ । हिजोको बैठकमा आफैले राखेको संघीयताका चार आधार तय गरी ६ देखि १४ प्रदेश निर्माण गर्ने र त्यसको नामाङकन, सिमाङकन संघीय आयोगले गरे पछि आउँदो संसदले टुङग्याउने भनि राखेको प्रस्तावामा छलफल गर्न आजको लागी बोलाईएको मोर्चासहित तीन दलको बैठकमा स्वयम माओवादी अध्यक्ष प्रचण्डनै अनुपस्थित भए पछि बैठक विनानिष्कर्स टुङगिएको छ ।
आज बसेको बैठकपछि काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रचण्डको सो प्रस्तावप्रति एमाले  र काग्रेस सकारात्मक भए पनि माओवादी अध्यक्ष बैठकमा नआएर फेरि उनी आफ्नो प्रस्ताव बाट पछि हटेको आशंका ब्यक्त गरे ।
उनले भने–पहिलाको ११ प्रदेशको प्रस्ताव पनि उहाँले ल्याउनु भएको थियो , आफै पछि हट्नु भयो, अहिलेको प्रस्तावमा हामि सहमत हुँदा पनि उहाँनै आउनु भएन । माओवादी कुनै प्रस्ताव मान्दैन उ जनयूद्धकै एजेण्डालाई नै लागु गराउने षडयन्त्रमा लागेको छ ।
उनले मोर्चाले बहुपहिचानमा आधारित प्रदेश निर्माण गरौ भनि राखेको प्रस्तावमा पनि काग्रेस र एमाले सहमत भएकोमा मोर्चा पनि सो प्रस्तावबाट पछि हटेको आरोेप लगाएका । पौडेलका अनुसार दुई पहिचान र एक क्षेत्र गरेर बहुप्रदेश बनाउने प्रस्ताव थियो । जस्तो तामसालिङ नेवा बाग्मती प्रदेश तर उनीहरुनै पछि हटे ।
यद्यपि उनले आफूहरु जेठ १४ भित्रै संविधान निर्माण गर्नु पर्ने पक्षमा प्रयत्नशिल रहेपनि माओवादी त्यसको विपरित षडयन्त्रमा रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले