रकम हेर्ने अधिकार सरकारमा छैनः थापा

२१ श्रावण २०७१, बुधबार ०७:०९ मा प्रकाशित

Ganesh-Thapaएन्फाका कर्मचारी र प्रशिक्षकको तलब वृद्धि
काठमाडौं, २१ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाका कर्मचारी र प्रशिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फाको कार्य समितिको बैठकले वार्षिक तालिका सार्वजनिक गर्दै तलव वृद्धि गर्ने निर्णय गरेको हो ।
जिल्लाका प्रशिक्षकको पाँच हजार रहेको मासिक तलब बढाई सात हजार तथा क्षेत्रीय प्रशिक्षकको सात हजार रहेको तलब बढाएर १५ हजार पुराइएको छ । कर्मचारीको भने १५ प्रतिशतले वृद्धि गरिएको एन्फा अध्यक्ष गणेश थापाले जानकारी दिए ।
यस वर्षको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी भदौ १० देखि २१ गतेसम्म र एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता भदौ ३० देखि असोज १३ गतेसम्म नेपालगन्जमा सञ्चालन गरिने छ ।
त्यस्तै राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिता कात्तिक २१ देखि, महिला लिग फुटबल मङ्सिर १५ र एनसेल फुटबल चैतमा सञ्चालन हुनेछ ।
कात्तिकमा पाकिस्तानमा हुने महिला साफ च्याम्पियनसिपमा पनि राष्ट्रिय महिला टोलीले सहभागिता जनाउने छ ।
अध्यक्ष थापाले गत वर्ष भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सरस्वती युवा क्लबले चित्त बुझदो जवाफ नदिए एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको बताए ।
चारै क्लबले प्रतियोगितामा आआफनो क्लबले तयारी खर्च र पुरस्कारको रकम नपाएको भन्दै गत वैशाखदेखि एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरेका थिए ।
त्यसैगरी सोह्र देखि १९ वर्ष उमेर समूहको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रूपमा बालगोपाल महर्जनलाई जिम्मा दिने निर्णय एन्फाले गरेको छ ।
एन्फाको आर्थिक पक्षलाई सबल र सुदृढ बनाउनका लागि पहिलो पटक प्रकाश पङ्गेनीको संयोजकत्वमा कार्यसमिति गठन गर्ने निर्णयसमेत गरिएको थापाले बताए ।
रकम हेर्ने अधिकार सरकारमा छैनः थापा
यसैवीच, अध्यक्ष थापाले एन्फामा कुनै आर्थिक अनियमिता नभएको दाबी गरेका छन् । उनले फुटबल जस्तो सानो संस्थाको आर्थिक लेखाजोखा खोज्नु बेकार रहेको बताए ।
विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल सङ्घ (एएफसी) को नियमअनुसार तिनले दिएको रकमको विस्तृत विवरण हेर्ने अधिकार नेपाल सरकारलाई नभएको दाबी उनले गरे ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग र व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिमा एन्फामा आर्थिक अनिमियता भएको र अध्यक्षले आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेको छ । सो विषयमा लेखाले छानविन अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा

मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले