एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

२० श्रावण २०७१, मंगलवार १०:३६ मा प्रकाशित

चितवन, २० साउन । पूर्वी चितवनको वीरेन्द्रनगरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना २ च १५५ नम्बरको एम्बुलेन्सको ठक्करबाट आज बिहान महिलाको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहान साढे ५ बजे भएको सो दुर्घटनामा परी खैरहनी–२ वैरहनी बस्ने अन्दाजी ३० वर्षीया शर्मिला सेढाईंको घटनास्थलमै मृत्युभएको हो ।

चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । महिलाको शवलाई अहिले भरतपुर अस्पतालमा ल्याइएको छ । एम्बुलेन्स तीव्रगतिका कारण दुर्घटना भएको आशङ्का प्रहरीको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।