जाजरकोटमा पहिरोका कारण दर्जनौँ घर विस्थापित

२० श्रावण २०७१, मंगलवार १०:१७ मा प्रकाशित

Jajarkotजाजरकोट, २० साउन । जाजरकोट जिल्लाको उत्तरी गाविस नायकवाडा–२ जिरीमा आइतबार राति भारी
वर्षासँगै गएको पहिरोले चार घर बगाएको छ । त्यसैगरी दर्जनभन्दा बढी घर पहिरोका कारण विस्थापित भएका छन् ।
कालीबहादुर शाही, गोपाल कामी, पदम शाही, बलु सिंह लगायतका घरहरू पहिरोले बगाएको नायकवाडा–२ जिरीका दिलीप सिंहले फोनमार्फत बताए । मानवीय क्षति नभए पनि लाखौँको धन क्षति भएको उनको भनाइ छ ।
त्यस्तै सोही गाउँको दहखोलामा आएको बाढीका कारण जिरी र मैना जोड्ने काठेपुल बगाउँदा वारपार गर्न कठिनाइ भएको छ । दहखोलामा रहेका आठवटा घट्ट बगाएको र पहिरोका कारण विस्थापित भएका स्थानीय सुरक्षित स्थानमा लगेको स्थानीय खाम्म शाहीले बताए ।
त्यसैगरी नायकवाडा–५ तोलखानास्थित पहिरोले खानेपानीको मुहान भत्काउँदा ६० भन्दा बढी घरमा पिउने पानीको समस्या परेको छ । आइतबार राति नै पहिरोले खानेपानीको मुहान बगाएको थियो ।
त्यस्तै डाँडागाउँ गाविसका विभिन्न गाउँमा गएको पहिरोले खानेपानीका पाइपहरू भत्काएको स्थानीयले बताएका छन् । खलङ्गा–५ स्थित रिसाङ्गमा सोमबार बिहान गएको पहिरोका कारण आधादर्जन घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जिल्लाभरको तथ्याङ्क आइनपुगेकाले थप क्षति भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको