उपसमितिद्वारा विवादित विषयको प्रश्नावली तयार

११ जेष्ठ २०६९, बिहीबार १५:३२ मा प्रकाशित

काठमाडौ, ११ जेठ । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले मतदानमा लैजाने संविधानका विवादित विषयको प्रश्नावलीलाई अन्तिम रुप दिएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा आज बसेको उपसमिति बैठकले विवादित प्रश्नलाई अन्तिम रुप दिएको सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । राजनीतिक सहमतिका लागि अन्तिम प्रयास गर्ने र सहमति नभए भोलिदेखि प्रक्रिया सुरु गर्ने सहमति भएको कर्णले बताउनुभयो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने सहमतिका लागि अन्तिम प्रयास भइरहेको उल्लेख गर्दै जेठ १४ अगावै संविधान जारी गर्न सकिने बताउनुभयो । प्राविधिक रुपमा काम नसकिए केही दिन समय थप गरेर भएपनि संविधान जारी गर्नु बुद्धिमानी हुने उहाँले उल्लेख गर्नुभयो । सहमतिको प्रयासका लागि उपसमिति बैठक भोलि बिहान फेरि बस्नेछ ।
यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै आरोप नलगाएको बताउनुभएको छ । सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले आफूले गलत आरोप नलगाएको बताउनुभएको हो । उपसमिति बैठकमा अध्यक्ष प्रचण्डले गुनासो गरेपछि नेता नेपालले चित्त दुखाउने आफ्नो नियत नभएको स्पष्ट गर्नुभएको हो । स्रोतका अनुसार बैठकमा प्रचण्डले नेपाललाई म कसरी षडयन्त्रकारी हो पुष्टि गरेर देखाउनुस, त्यसै आरोप लगाउन पाईदैन भनि आक्रोस पोखेका थिए । रिपोर्टर्स क्लब नेपालले हिजो आयोजना गरेको साक्षात्कारमा नेपालले प्रचण्डलाई षड्यन्त्रकारीको अर्को नाम भएको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्