जुरेमा थप १७ शव फेला

१९ श्रावण २०७१, सोमबार १६:१९ मा प्रकाशित

Jure-Apfचौतारा, १९ साउन । सिन्धुपाल्चोको जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी जलाशयभन्दा तल खोजीका क्रममा आज अपराह्नसम्म थप १७ शव फेला परेको छ ।
प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराका अनुसार योसँगै अब मृतकको सङ्ख्या २७ पुगेको छ ।
आइतबारसम्म १० शव मात्रै फेला परेको थियो । आज फेला परेका शवको सनाखत हुन बाँकी रहेको छ ।
सो क्षेत्रमा आइतबार अपराह्नदेखि दुई वटा स्काभेटर प्रयोग भइरहेका छन् । ती शवहरु माङ्खा–१ ड्यामसाइट क्षेत्रबाट फेला पारिएको हो ।
प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन