नुवाकोटमा वर्षाले घर भत्कायो

१९ श्रावण २०७१, सोमबार १५:४९ मा प्रकाशित

नुवाकोट, १९ साउन । अविरल वर्षाको प्रभावले नुवाकोटको गेर्खु गाविसको वडा नं १ माझ गेर्खुमा एउटा घर लडेको छ ।
स्थानीय भोजप्रसाद न्यौपानेको दुईतले घर गएराति १० बजेतिर ढलेको हो । घर ढलेर एउटा बाख्रा मर्नुका साथै अन्य धनमालसमेत नष्ट भएको छ ।
रातको समयमा भोजप्रसाद र उनका बुबा पनि घरमा नै सुतिरहेको भए पनि उनीहरु भने बच्न सफल भएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडालगायतको धनमाल पुरिएको बताइएको छ ।
भोजप्रसादकी आमा, श्रीमती र बच्चाहरु पाहुना लाग्न गएकाले घरमा बाबुछोरा मात्र रहेको गेर्खुका जनार्दन न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न