यातना सहन नसकेपछि पतिको हत्या

१९ श्रावण २०७१, सोमबार १५:१० मा प्रकाशित

दाङ, १९ साउन । दाङमा एक जना महिलाले यातना सहन नसकेपछि खुकुरी प्रहार गरेर आफ्नै पतिको हत्या गरेकी छन् ।
सल्यान ढाकाडाम–६ घर भइ हाल तुलसीपुर–५ मा डेरा गरी बस्ने गंगा पुनले २८ वर्षीय पति दमन प्रकाश पुनको हत्या गरेकी हुन् । पतिको हत्यापछि गंगा आफै प्रहरी समक्ष उपस्थित भएको नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
‘पतिको हत्यापछि गंगा पुनले आफै प्रहरी समक्ष आएर समर्पण गरेकी छन्,’ जोशीले भने, ‘दमन प्रकाश पुनले दैनिक रुपमा दिने गरेको यातना सहन नसकेर पतिको हत्या गरेको प्रारम्भीक बयान दिएकी छन् ।’
गंगाले आइतबार राति दमन प्रकाशलाई खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते दमनलाई उपचारका लागि अस्पताल पुराइएको थियो । यद्यपि, उनकालाई अस्पताल पुराउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो