बोल्टले २ सय मिटरमा ध्यान दिने

१९ श्रावण २०७१, सोमबार १४:५८ मा प्रकाशित

Bolt 2– एजेन्सी
लन्डन, १९ साउन । थुप्रै कीर्तिमानहरू रचिसकेका धावक युसेन बोल्टले कमनवेल्थ खेलकुदपछि आफ्नो ध्यान २ सय मिटर दौडमा केन्द्रित रहने बताएका छन् ।
२७ वर्षीय बोल्टको नाममा अहिले १ सय र २ सय मिटरतर्फको विश्व कीर्तिमान छ । उनले कमनवेल्थमा ४ गुणा १ सय मिटर रिलेतर्फ सहभागिता जनाएका थिए ।
जमैकालाई उक्त स्पर्धामा स्वर्ण दिलाएका बोल्टले अन्य स्पर्धामा भने भाग लिएका छैनन् । उनले भने, ‘मेरो सपना २ सय मिटरमा राम्रो गर्ने हो । १ सय मिटरमा मैलेँ पुग्दो प्रदर्शन गरिसकेँ ।’
अगस्ट २१ गतेबाट २८ वर्षको पुग्न लागेका बोल्टले पाँच वर्षअघि बर्लिनमा १९ दशमलव १९ सेकेन्डमा निर्धारित दौड पुरा गरेका थिए । सोही प्रतियोगितामा उनले ९ दलमलव ५८ सेकेन्डमा १ सय मिटरतर्फको दौड पुगेका गरे ।
‘मेरो अबको लक्ष्य १९ सेकेन्डमा २ सय मिटर पुरा गर्ने हो,’ उनले भने, ‘विश्व कीर्तिमानलाई साँघुरो बनाउँदै लैजानु जरुरी छ । मेरो एकमात्रै सपना त्यही हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै