हेलिकप्टरका पाइलट नियन्त्रणमा

१९ श्रावण २०७१, सोमबार १४:१३ मा प्रकाशित

चौतारा, १९ साउन । फिस्टेल एयरको हेलिकप्टरको पङ्खाले काटिएर एक जनाको मृत्यु भएपछि पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फिस्टेल एयरका पाइलट काठमाडौं महानगरपालिका– ९ सिनामङ्गल निवासी सुजल श्रेष्ठलाई आज बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको लिस्ती– ५ स्थित द लास्ट रिसोर्टमा ९ एनए– एजेआइ कलसाइन नम्बरको सो हेलिकप्टर विदेशी पर्यटक लिन गएको थियो ।
आइतबार दिउँसो ३ बजे ल्यान्ड गर्ने क्रममा पछाडिको पङ्खाले घाँटी छिनाली नुवाकोट घर भएका सो रिसोर्टका प्रबन्धक ३१ वर्षीय ठाकुर रिमालको घटनास्थलमा मृत्यु भएको थियो ।
मृतकको शव परीक्षणका लागि आज बिहान हेलिकप्टरमार्फत त्रिविवि शिक्षण अस्पताल काठमाडौंमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने